सद्भाव दैनिकका प्रकाशक, सम्पादक दामोदर भण्डारीलाई कोरोना पोजेटिभ

|

नेपालगन्ज / नेपालगन्जका पत्रकार दामोदर भण्डारीलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार विहान देखि उहाँलाई ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या आएको थियो ।
पत्रकार भण्डारीलाई सोमबार दिउँसोदेखि एक्कासी बढी च्यापेको थियो । फिजिसियन चिकित्सकलाई देखाउँदा एक्सरेमा छातीमा दाग देखिएपछि ती चिकित्सकले पत्रकार भण्डारीलाई पीसिआर टेस्ट गराउन सल्लाह दिएका थिए । पीसिआर रिपोर्ट मङ्गलबार विहान आउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।

पत्रकार भण्डारीलाई १०२ डिग्रीसम्म ज्वरो आएको छ, भने श्वास प्रश्वासमा समस्या भएको छ । उहाँलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ । पत्रकार भण्डारी सद्भाव दैनिकका प्रकाशक, सम्पादक तथा रेडियो सदभावका एमडी हुनुहुन्छ ।

यसअघि बाँकेका पत्रकार मेघराज ओली, कमल विके निर्मोही र खगेन्द्र दाहाललाई पनि भाइरस संक्रमण देखिएको थियो । उहाँहरु सबै डिस्चार्ज भइसक्नुभएको छ ।

२०७७ भाद्र १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।