बौद्ध धर्म गुरु स्व. कुसुम लामाको ४९ दिनको पुजा आज सम्पन्न

|
मेलुङ गाउँपालिका-४ दोलखा, भेडपुमा अवस्थित उर्गेन छोईलिङ गु्म्बाका प्रमुख धर्मगुरु स्व. कुसुम लामा ज्यु को गत अषाढ ३० गते काठमांण्डौमा ८९ बर्षको उमेरमा स्वर्गवास हुनु भएको थियो । उहाँको निधनमा उहॉको भक्तजन मात्र नभएर विश्व भरीका लामा गुरुहरु, बौद्ध धर्मलम्वी संघ-संगठनहरुले दुख व्यक्त गरिएका थिए ।
उहाँको निधनले बौद्ध धर्मलम्वीहरुले अपुरणिय क्षति व्यहोरेको भन्दै उहाँ प्रति श्रद्धान्जली दिई रहेका थिए ।
उहाँले लामा गुरुको रुपमा दिनु भएको सच्चा योगदानको उच्च कदर गर्दै उहाँको दिवंगतमा नियमित रुपमा भावुक स्टाटस र श्रद्धान्जली आजका दिन सम्म आई रहेका छन् । धर्म गुरु लामाको पार्थिव शरीरलाई ४९ दिन पछि सदगत गर्ने निर्णयमा पुगेका परिवारजनमा देश विदेशकागुम्बाहरुका धर्मगुरु र रेन्पोछेहरुको सुझावले परिवारजन र उहॉको पुजामा खटिनु हुने गुरुहरु उहाँको पार्थिव शरीर (लास) लाई एक बर्ष पछि मात्र सदगत गरिने निर्णयमा पुगेका छन् । उहॉको लासलाई स्व. धर्मगुरु कै ईच्छा अनुसार आफ्नै निवासमा राखिने र नियमित बौद्ध धर्म परम्परानुसार पुजा गरिने जनाएका छन् ।
बौद्ध धर्मानुसार मृत्यु पछिको ४९ दिनको घेवा (विशेष पुजा) आज सेप्टेम्बर १ तारिकमा हुदैछ भने बॉकी एक बर्ष सम्मका पुजापाठको तालिकामा लामागुरुहरु र परिवारजन लागेका छन् । ४९ दिनको घेवा पुजामा आफन्तजन, बौद्ध धर्मलम्बी र चिनजानका सबैमा प्रार्थनाका लागि निमन्त्रणा गरिए पनि पेन्डामिक (कोभिड) का कारण आफन्त र परिवारजनका बीचमा पुजा कार्य गरिएका छन् तर निमन्त्रित सबैमा एक बर्ष पछि हुने सदगत पुजामा पुन निमन्त्रणा गरिने परिवारजन तथा स्व. धर्मगुरुको पुजामा लागि रहनुहुने गुरुहरुले जनाउनु भएका छन् ।
४९ दिन सम्म नियमित पुजापाठ, प्रार्थनामा लाग्नु हुने गुरुहरु, आफन्तजनहरु, भक्तजनहरु सबैमा परिवारजनले आज विशेष दिन विशेष धन्यवाद दिनु भएको छ । साथै एक बर्ष सम्म यसरी नै पुजापाठ गरिने र पुर्ण पुजापाठ पछि मात्र सदगत गर्ने भएकोले सबैमा प्रार्थना र पुजाका लागि परिवारजन र पुजामा खटि रहनु हुने गुरुहरु द्वारा अनुरोध समेत गरेका छन् । स्व. धर्मगुरु तामाङ समाज उत्तर अमेरिका का अध्यक्ष लाक्यान लामाको ससुरा बुबा हुनुहुन्छ ।

२०७७ भाद्र १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।