अनलाईन वक्तृत्वकला प्रतियोगिता सम्पन्न

|

बाँके /  लियो क्लब अफ नेपालगन्ज खजुराको आयोजना र खजुरा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको साँस्कृतिक चाड तीजको बिकृति, त्यसैमा कोरोनाको चुनौतीू शीर्षकको राष्ट्रिय स्तरको अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा देशभरीका कुल २५ जना प्रतिस्पर्धीले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा काठमान्डौंकि सृजना राना प्रथम, बाँके खजुराकि सुदिश्ना घिमिरे द्वितीय, चितवनका आशिष सापकोटा तृतिय, धनगढीकि कृपा अधिकारी र चितवनकि दीक्षा कँडेल सान्त्वना, साथै बाँके खजुराकि सृष्टि शर्मा दर्शक छनौटमा पर्न सफल हुनुभएका छन् ।

प्रतियोगितामा प्रथमलाई रु ४०००, द्वितीयलाई रु २०००, तृतीयलाई रु १०००, चौथोलाई रु १०००, पाचौंलाई रु १००० र दर्शकको छनोटलाई रु १००० गरि ६ जनालाई नगद धनराशि सहित प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिने आयोजकले जनाएको छ । २५ सबै जना सहभागीलाइ साहित्यकार खगेन्द्र गिरि कोपिलाद्वारा आफुद्वारा लिखित पुस्तक पनि प्रदान गरिने छ ।
लियो क्लब अफ नेपालगंज खजुराकी अध्यक्ष लियो अरुणा गुरुङको अध्यक्षतामा भएको प्रतियोगितामा साहित्य विज्ञ तथा प्राध्यापक लेकप्रसाद प्याकुरेल, लियो जिल्ला परिषद् ३२५ बि २ का अध्यक्ष लियो कुबेर पाठक र लियो क्लब अफ नेपालगन्ज खजुराका संस्थापक अध्यक्ष लियो शिशिर सापकोटाले निर्णायक मन्डलको भुमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिताको कार्यक्रम संयोजक सचिब लियो चेतना क्षेत्री र प्राबिधिक संयोजन कोषाध्यक्ष लियो दिग्बिजय सिङ्गले गरेका थिए । आगामी दिनहरुमा पनि लियो क्लब अफ नेपालगंज खजुराले यस्तै प्रभाबकारी कार्यक्रमहरु आयोजना गरिने कुरा लियो खजुराकि अध्यक्ष अरुणा गुरुङले जानकारी गराईन् ।

२०७७ भाद्र १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।