बाँकेमा कोरोना संक्रमित पुरुषको प्लाज्मा थेरापीबाट उपचार शुरु

|

नेपालगन्ज  / नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहनुभएका नेपालगन्ज–१ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट मुक्त भएका रिजालले सोमवार सल्यान शारदा नगररपालिका ६ का २९ बर्षीय पुरुषलाई प्लाज्मा दिनुभएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनपछि रिजालले प्लाज्मा दिनुभएको हो ।

कोरोना भाइरस संक्रमणबाट गम्भीर विरामी भएकाहरुलाई प्लाज्मा थेरापी पद्धतीबाट उपचार गर्ने गरिएको छ । फोकलपर्सन श्रेष्ठले संक्रमणबाट निको भएकाहरुलाई पनि प्लाज्मा दान गर्न अनुरोध गर्नुभएको छ । प्लाज्मा थेरापीबाट उपचार गराउने सल्यान शारदा नगरपालिका–६ का २९ वर्षिय पुरुष र प्लाज्मा दान गर्ने नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल बाँके जिल्लामै पहिलो ब्यक्ति हुन् ।

२०७७ भाद्र १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।