
काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।