संचारकर्मी तथा मोडल राजेश बिसीको म्युजिक भिडियो सार्बजनिक

|

काठमाण्डौं / संचारकर्मी तथा मोडल राजेश बिसीको म्युजिक भिडियो सार्बजनिक भएको छ । मेरो जीवन साथी तिमी बोल रहेको यस गीतमा गायक बि.पी. वाग्ले र गायिका रजिना रिमालको स्वर रहेको छ ।

गीतमा शब्द बरिष्ठ गीतकार डा.भोला रिजालको रहेको छ भने पंडित इन्दु प्रकाश त्रिवेदीको संगीत र संगीत संयोजन सन्दिप कार्की ढलीको रहेको छ । मिसन इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुती रहेको उक्त गीतमा शब्द,संगीत र गायन संगै बिवाह पछिको दापत्य जीवन र त्यसमा देखिने उतार चढाव तथा सुख दुःखलाई भिडियोको कथामा सजिव तरिकाले चित्रण गरिएको छ ।

गीतमा अभिनय राजेश बिसी बुढाथोकी, प्रसान्त केसी, सबु पौडेल र रन्जु वलिको रहेको छ भने निर्देशन तथा परिकल्पना कलाकार तथा निर्देशक साहित सिंह ठकुरीको रहेको छ । भिडियोको छायाँङ्कन तथा सम्पादन रामु चौधरीले गरेका हून्।
पश्चिम नेपालको पर्टकीय क्षेत्र बाँके जिल्लाका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको छ ।

२०७७ भाद्र १५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।