२४ घण्टामा १२२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

|

काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् ।

२४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए । उनका अनुसार आइतबारसम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ । २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन् । २४ घन्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जनाए । १७ हजार ५ सय १८ उपचाररत छन् भने ७ हजार ७ सय ९७ क्‍वारेन्टाइनमा रहेको प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

२०७७ भाद्र १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।