फिप्ना विशेष बुलेटिन २०२० सार्बजनिक

|
नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) द्वारा २६ औं विश्व आदिवासी दिवसको अवसरमा प्रकाशित विशेष बुलेटिन २०२० अनलाईन मार्फ़त सार्वजनिक गरिएको छ ।
बुलेटिन २६ औं विश्व आदिवासी दिवसका दिन एक विशेष भर्चुवल अन्तर्क्रिया मार्फत विमोचन भएको थियो । यसको प्रेश ( छापाको) यो भन्दा अगाडी नै बजारमा आईसकेको छ ।
६० पृष्ठको बुलेटिनमा नेपालका आदिवासी जनजातीहरुको अवस्था, इतिहास र भावी योजनाहरु उल्लेख गरिएको छ । बुलेटीनमा नेपालमा जातीय पहिचानको आन्दोलनको विषयमा प्राध्यापक डा ओम गुरुङको सिंहावलोकन समेटीएको छ ।
साथै डा महेन्द्र लावतीलेको नेपाली आदिवासी आन्दोलनका चुनौती विषयक विष्लेशणपनि बुलेटीनमा छ । नेपालका जनजाति तथा आदिवासीका सम्बन्धमा कृष्ण भट्टचन, शुरेस आले मगर, गणेश राई, तारामणी राईका विष्लेषणात्मक दृष्टिकोणपनि रहेका छन्।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङको नेपाली समुदायविच फिप्ना शिर्षकको लेखपनि बुलेटीनमा समेटेको छ ।

२०७७ भाद्र १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।