
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ भने २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् । हाल देशभरमा गरी १६ हजार ५७८ संक्रिय संक्रमित छन् । उनीहरूमध्ये १० हजार १४५ संस्थागत र ६ हजार ४४५ होम आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६२६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेको छ ।