गण्डकी प्रदेशको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सम्पन्न

|

पोखरा । नेपाल युवा परिषद ,नेपाल युवा परिषद गण्डकी प्रदेश ,नेपाल युवा परिषद कास्की जिल्लाको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सम्पन्न भएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० भन्दाबढी युवाहरु सहभागी रहेका थिए । सम्मेलनको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ रहेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि गुरुङले युवा विकासको मेरुदण्ड भएको बताईन । युवालाई सक्षम बनाउन क्षमता र सीप सिकाउनुपर्ने बताईन । विदेशबाट फर्किएका र कोभिड १९ का कारण रोजगारी गुमाएकालाई कृषि र पशुपालन लगाएतमा अनुदान दिने योजना अनुसार बजेट समेत छुट्टाईएको उपप्रमुख गुरुङले बताईन ।

निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषयमा छलफल गरी सम्मेलन सम्पन्न भएको नेपाल युवा परिषद गण्डकीले जनाएको छ । प्रदेश युवा सम्मेलन  भदौ १२ र १३ गते शुक्रबार र शनिबारसम्म भर्चुअल रुपमा संचालन भएको थियो । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।

सम्मेलनको दोश्रो दिन नेपाल युवा परिषदका संस्थापक केन्द्रिय अध्यक्ष सरोज बानियाँले नेपाल युवा परिषदको यात्रा चिया पसलदेखि नेपालका ७७ वटै जिल्लामा शिर्षकमा बोलेका थिए ।त्यस्तै सम्मेलनमा लैङ्गिक समानता महिलाको मात्रै विषय होइन भन्ने शिर्षकमा महिला अधिकारकर्मी एवं अधिवक्ता कुन्जनी परियार प्यासी, तेस्रोलिङ्गिको अधिकारीकर्मी भूमिका श्रेष्ठ र गौरी प्रधान लगाएतले छलफल गर्नुभएको थियो । जसको सहजीकरण संचारकर्मी बलराम तिमिल्सिनाले गरेका थिए ।

यस्तै शुशासनमा युवाको भूमिका विषयमा गोगो फाउन्डेसनका कार्यकारी निर्देशक खड्काले बोलेका थिए । त्यस्तै म्याग्दी जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरले असल शासनमा सरकारी कर्मचारीको भूमिकाको विषयमा बोलेकी थिइन् । सम्मेलनमा १४ जना बहिरा युवाहरु समेत सहभागी भएका थिए । सम्मेलनमा नेपाल युवा परिषद गण्डकी प्रदेशले ४ बुदे घोषणापत्र समेत जारी गरेको छ ।

२०७७ भाद्र १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।