खजुराका ८० जना युवा नेपाली कांग्रेसमा प्रवेश

|

बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका युवा नेता भिम बहादुर रानाको नेतृत्वमा ८० जना युवाहरु पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ वडा समितिले जिल्ला सदस्य केदार गिरीको प्रमुख उपस्थितिमा रानाको नेतृत्वसहितका ८० जना युवालाई पार्टीमा प्रवेश गराएको हो । नेकपा तथा फोरमका ८० जना स्थानीय युवाहरु पार्टीमा प्रवेश गरेको कांग्रेस वडा समितिका उपाध्यक्ष गगन सिंह रोकायले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले बर्तमान समयमा नेपाली कांग्रेसले केन्द्रदेखि गाउँ, घरसम्म सक्रियता देखाउनुपर्ने बताउनुभयो । उहाँले बिगतमा चुनाव लडेका आफ्ना नेता, कार्यकर्ताहरुले स्थानीय बिकास निर्माण तथा स्थानीय तहको कार्यहरुमा सदैव ध्यान दिएर सल्लाह सुझाव निरन्तर दिई रहन अनुरोध गर्नुभयो ।

सो अवसरमा नेता रानाले नेकपा परित्याग गरी राजनीतिमा होमिएको कालखण्डको घट्नाबारे प्रष्ट पार्नुभएको थियो । २०६२ साल जेष्ठ २ गतेदेखि तत्कालिन नेपाल कम्यूनिष्टक पार्टी माओवादी कृयाशील हुनुभएका राना पार्टीको बिभिन्न पदमा कार्य गर्नुभएको थियो ।

सो बेला उहाँ खजुरा गाबिसको पार्टी प्रतिनिधिका रुपमा ३ वर्ष, पुर्व सैनिकहरुको केन्द्रीय सदस्य तथा माओवादी बाइसिएल बाँकेको जिम्मेवारी निभाउनुभएको हो । पार्टीमा भ्रष्टाचार जस्ता गलत क्रियाकलाप हाबी भएको आफुले महशुस गरेपछि पार्टी छोडेको उहाँले बताउनुभयो ।

२०७४ साल जेष्ठ २ गते रानाले नेकपा परित्याग गरी असार १० गते नेपाली कांग्रेसको साधारण सदस्यता लिनुभएको थियो । स्वागत मन्तब्यका क्रममा नेता रानाले आफुलाई पदको लोभ नभएको स्पष्ट पार्दै सच्चा देशभक्त र सिपाही भएर काम गर्ने दावी गर्नुभयो ।

सो क्रममै उहाँले देशका हरेक ठाउँमा जस्तै खजुरा गाउँपालिकामा समेत भ्रष्टाचार, नातावाद, कृपावाद हावी भएको देखिएकाले एक प्रतिपक्षले खेल्नुपर्ने भुमिका आफुले पनि निभाउने र आ–आफ्नो स्थानका सबै कांग्रेसी नेता कार्यकर्ताले पनि निभाउन आग्रह गर्नुभयो ।- Samayapara

२०७७ भाद्र १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।