
बाँके । झारफुक गर्ने बहानामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको टोलीले डुडुवा गाउँपालिका वडा नं–५ कम्मरशाहस्थित बाबाकुट्टीका व्यक्ति ४० वर्षीय नजिर मोहम्मदलाई पक्राउ गरेको हो ।
उनलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार मोहम्मदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार कुटीमा बोलाएका थिए । त्यहाँ उनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि प्रहरीले बिहीबार राति उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।