नेपालगन्ज वडा नम्बर ७ का ७० बर्षिया कोरोना संक्रमित महिलाको मृत्युु

|

बाँके / बाँकेको नेपालगन्जमा बिहिवार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमणका कारण बिहिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ७० बर्षिया महिलाको ज्यान गएको हो ।

मृतक महिला भदौ ३ गते छातिको समस्या भइ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन । कोरोनाको आशंकामा स्वाब संकलन गरी परिक्षणकालागि पठाइएकोमा भदौ ५ गते आएको नतिजामा उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भदौ ६ गते नेपालगन्जबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटरसहितको थप उपचारकालागि लगिएको र उपचारकै क्रममा बिहिवार बिहान ११:३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

मृतकको दुबै फोक्सोमा निमोनियाको समस्या देखिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।

यो सङ्गै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

 

२०७७ भाद्र ११, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।