उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म निरन्तरता दिने निर्णय

|

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले भदौ ३ गतेदेखि सुरु गरेको निषेधाज्ञालाई थप एकसाताको लागि निरन्तरता दिने निर्णय गरीसकेकाे छ । निषेधाज्ञा प्रभावकारी भएको कारण सरकारले थप एकसाता निषेधाज्ञा जारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

विभिन्न क्षेत्रका सरोकारवालाले कोरोना नियन्त्रणको विकल्प लकडाउन, सटडाउन र निषेधाज्ञा मात्र नभएको बताउँदै आएका छन् ।सरकारले लकडाउन, सटडाउन, निषेधाज्ञालाई नै कोरोना नियन्त्रणको प्रमुख कडीको रुपमा प्रयोग गर्दै आएको छ । सरकारले लगाएको पछिल्लो निषेधाज्ञा सोचेको भन्दा राम्रो र प्रभावकारी भएको काठमाडौंका प्रजिअ दाहालले बताए ।

उनले निषेधाज्ञा प्रभावकारी भएकै कारण थप एकसाताको लागि निषेधाज्ञा जारी गरेको बताए । 

२०७७ भाद्र १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।