बाँकेमा ६७ जनामा कोरोना पुष्टि

|

नेपालगन्ज / बाँके जिल्लामा अहिलेसम्म एकैदिनमा बढि कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिकामा ५१ जनासहित बाँकेमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्जमा १५ र बैजनाथ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै बर्दियाको बाँसगढीमा एक जनामा समेत कोरोना पुष्टि भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार कोहलपुरका ५१, नेपालगन्ज उपमहानगरपालिकाका १५ र बैजनाथ गाउँपालिकामा १ गरि ६७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ११ पुगेको छ । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७७ भाद्र १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।