श्री श्री श्री १००८ हिरामान हरि गिरीको देहअवसान

|

बाँके । श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरि शंकर नागा बाबा) को ८७ वर्षको उमेरमा देहअवसान भएको छ । करिब तीन महिनादेखि बिरामी हुनुभएका नागा बाबाले मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगञ्जस्थित हनुमत गौशालामा आफनो पाँच तत्वको शरीर मंगलबार त्याग गरी ब्रह्मलिन हुनुभएको हो ।

जेष्ठ १५ गते उहाँलाई ब्रेन ह्यामरेज भएपछि हालसम्म उपचारकै क्रममा हुनुहुन्थ्यो । शुरुमा ३ दिन नेपालगञ्ज मेडिकल कलेजमा राखिएपछि थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।

त्यहाँ उहाँको १ महिना उपचारपछि पुनः नपालगञ्ज ल्याइएको थियो । नेपालगञ्ज ल्याएपनि मेदान्त अस्पतालकै सल्लाह अनुसार औषधी चलिरहेको थियो । उपचारकै क्रममा उहाँको किडनी, मुटु, फोक्सोमा समस्या देखिँदै गएपछि बिस्तारै शरीर सिथिल हुन थालेको थियो । उहाँ हनुमानगढी मन्दिर संचालन तथा व्यवस्थापन समितिका संरक्षक रहि श्री महन्त पदमा रहेको समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष भट्टराईका अनुसार उहाँको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेसम्म गौशालामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि नेपालगञ्जको परिक्रमा गराई उहाँको बास स्थानमै समाधिष्ट गरिने छ ।- Samayapatra

२०७७ भाद्र ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।