डडेल्धुराका स्वास्थ्यकर्मी तपेन्द्र भाटद्धारा कोरानासंग जुध्ने प्रतिबद्धता

|

डडेल्धुरा / विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अथवा कोरोना भाइरसले विश्वलाई नै सबै कुरामा असर पारिरहेको अवस्थामा नेपाल पनि अछुतो रहेन । डडेल्धुरा अजयमेरु गाउँपालिकाको तिपुर स्वास्थ्य चोैंकीमा करारमा रहेका ल्याव असिस्टेन्ट कर्मचारी तपेन्द्र भाट भने चैत १२ गतेदेखि गाउँपालिकाको ५/६ वडाहरुमा रहेका क्वारेन्टाइनमा पुगि स्वास्थ्य सम्बन्धि रेखदेख साथै आरडिटि र पिसिआर चेकजाँचमा अहिले सम्म निरन्तर कार्यमा लागिरहेका छन् ।

नेपालमा पनि हरेक दिन मृत्युदर र पोजिटिभ सङ्ख्या बढ्दै गइरहेको अवस्थामा नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको अजयमेरू गाँऊपालिका एक स्वास्थ्यकर्मी हरेक दिन ५/६ वडाहरुमा कोरोना चेकजाँच देखि ढुवानी सम्म पुर्याउने गरेका छन साथै निरन्तर स्वास्थ्य क्षेत्रमा खटिएका छन् ।
आफैंले चेकजाँच गरि स्यामपलहरु निकालि कच्ची बाटा खोला नाला बाढी पहिरो नभनि हरेक दिन स्यामपलहरु लिएर डडेल्धुरा जिल्ला स्वास्थ्य कार्यालयमा पु¥याउने बेलामा आईपर्ने अनेक बाधाहरु पार गरेको अनुभव धेरै छ र खुसि पनि लाग्छ स्वास्थ्यकर्मी भएर यसरी काम गरि राख्दा क्वारेन्टाइनमा भएकालाई स्वास्थ्य सम्बन्धि सुरक्षा दिनु कर्तव्य रहेको भाट बताउछन् ।

गाउँको बाटो कच्ची छ गाउँपालिकाले एक मोटर साईकल दिएकाले झन सजिलो भएको छ । सबै वडाहरुमा गई स्याम्पलहरु लिन र जिल्लामा पु¥याउनलाई तर एक्लै हिड्छु सबै वडामा जोडिन गा¥हो भएको छ । बाटा कच्ची छन , हिलाम्य छ , खोला आउछ, कतै त मोटर साईकल नै बोकेर लानु पर्छ तर पनि मैले आफ्नो ज्यानलाई जोखिममा राखेर कोभिड १९ अथवा कोरोना भाइरससँग एक्लै लडिरहेको छु र हालसम्म १२ सय भन्दा बढिको कोरोना चेकजाँच गरिसकेको स्वास्थ्यकर्मी तपेन्द्र भाट बताउँछन् साथै उहाँ जबसम्म स्वास्थ्ले साथ दिएमा २४ ओै घण्टा कोरोनासँग जुध्ने प्रतिबद्धता गरेका छन् ।

२०७७ भाद्र ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।