बाँकेका ९ र बर्दियाका ६ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि

|
नेपालगन्ज / भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गत २४ घन्टामा गरिएको ४०० नमुनाको पीसीआर परीक्षणमा बाँकेका ९ र बर्दियाका ६ जना गरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ४४ पुगेको छ जसमध्ये ४ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ६ सय ५४ छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका १ सय ७७ जना रहेका छन् । अन्य जिल्लाको एक जना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् ।

२०७७ भाद्र ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।