भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे पनि कोरोना पोजेटिभ

|

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन बिभाग प्रमुख डा. राजन पाण्डेलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि पाण्डेले सोमबार स्वाब दिनु भएको थियो ।

डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिममै राखेर भएपनि डा.पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।

यसअघि भरी अस्पतालका कोरोना फोकलपर्सन डा. संकेत रिसाललाई भाइरस संक्रमण देखिएको थियो । उहाँ पनि भेरीकै आइसोलेसनमा बस्नु भएको छ ।

२०७७ भाद्र ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।