भेरी अस्पतालका डा. संकेत रिसाललाई कोरोना संक्रमण

|

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जका कोरोना फोकलपर्सन डा. संकेत रिसाललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार उच्च ज्वरो देखिएपछि उहाँको सोमबार गरिएको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । दुई दिन देखि ज्वरोले सताइरहेको थियो डा. रिसालले स्वास्थ्य पेजलाई भन्नुभयो-`कोभिड चेक गर्दा रिपोर्ट पोजेटिभ आयो ।´

उहाँले हिजोको भन्दा आज स्वस्थ्य अबस्था सुधार रहेको बताउनुभयो । डा. रिसाल कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिममै राखेर भएपनि डा.रिसालले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।

भेरी अस्पतालका बरिस्ठ फिजिसियन डा. रिसालले भाइरस संक्रमणबाट जोगिन नियमित सरसफाइ, मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरीको पालना गर्न सबैलाई आइसोलेसनबाटै अपिल गर्नु भएको छ ।

२०७७ भाद्र ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।