पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।

कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।२४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १५५ र क्वारेन्टाइनमा ११ हजार ४१४ रहेको प्रवक्ता डा। गौतमले जनाए ।

२४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्‍नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । पीसीआर परीक्षण आइतबारसम्म ६ लाख ४४४ गरिइसकेको प्रवक्ता गौतमले बताए ।

२०७७ भाद्र ७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।