समि ठकुरीले जितिन् मौलिक तीज फोटो प्रतियोगिता

|

धनगढी / धनगढीमा भएको मौलिक तीज फोटो प्रतियोगितामा समि ठकुरीले प्रथम स्थान हाँसिल प्राप्त गरेकी छन्। सृजनशील मञ्च सुदूरपश्चिम, खबरपात मिडिया पब्लिकेसन र समर्पण मिडिया धनगढीको सयुक्त आयोजनामा भएको प्रथम अनलाइन धनगढी तीज फोटो प्रतियोगितामामा ठकुरीले प्रथम स्थान हाँसिल प्राप्त गरेकी हुन् ।

प्रतियोगितामा धनगढीकी रक्षा बम दोस्रो बनेकी छन्। १२६ जना प्रतियोगी मध्ये रेखा रावत, बसन्ती सापकोटा, पुजा फुलारा, ममता थापा र चित्रा नौन्यालले सान्त्वना पुरस्कार जितेका छन्। सो प्रतियोगितामा नेपालसहित अमेरिका, नर्वे, युएई तथा भारतबाट पनि प्रतियोगीहरु सहभागी भएकाे आयोजकले जनाएको छ। तीजको मौलिकता झल्कने तस्बिरलाई प्रतियोगितामा सहभागी गराइएको थियो।

एक कार्यक्रमकाबीच प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले विजेताहरुको नाम घोषणा गरेकी थिइन्।विजेताहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिने समर्पण मिडियाका प्रबन्धक डिल्लीराज ओझाले बताए। प्रतियोगितामा दाहाल पुस्तक पसल धनगढीले मुख्य प्रायोजन गरको थियो।

२०७७ भाद्र ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।