आफ्नो आमासँग किराना पसल हिडेका ५ बर्षका बालकमाथी गोली प्रहार

|
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा अगस्त २१ का दिन शुक्रबार दिउसो आमासँग किराना पसल हिडेका ५ बर्षका बालकमाथी गोली प्रहार भएको छ ।
करिव ४:२० बजे डिसीको दक्षिणपूर्व स्थित १३०० भवन समूह स्थित कंग्रेस गल्लिमा लुटपाट गर्ने क्रममा उक्त बालकलाई गोली लागेको हो । उक्त समयमा दुई जना पीडितहरु भाग्ने क्रममा एक बन्दुकधारीले हाते बन्दुक कैयौ पटक हानेका थिए ।
प्रहरीका अनुसार उक्त बालकको स्थिती स्थिर रहेको प्रहरीले जनाएका छन । प्रहरीका अनुसार २-३ जना करिव २० बर्षका युवाहरु सम्भवत रहेको अनुमान गरेका छन् । उक्त बालकको पेटमा गोली लागेको थियो ।
श्रोत :डब्लुटिओपी

२०७७ भाद्र ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।