गायक राजेश पायल राईको ‘त्यो तिमी हौ’ गीत सार्वजनिक (भिडियो सहित)

|

काठमाडौं /  चर्चित गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको उत्कृष्ट आधुनिक गीत त्यो तिमी हौ सार्वजनिक भएको छ । निर्मला राई “परिबेश”को उत्कृष्ट शब्दलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् ।

गीतमा माहाराज थापाको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा नरेश बिसिले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् । OSR Digital युट्युब च्यानलबाट सार्बजनिक गरिएको यस गीतको भिडियोमा दयाहाङ राई र अाँचल शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेको यस गीतको भिडियोलाई सुदिप बरालले छायांकन गरेका हुन् भने प्रज्वालित पराजुलीले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस : 

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।