नेपालमा २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २५० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या १८ हजार २१४ जना रहेको छ ।

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।