बाँकेमा थप १६ जनालाई कोरोना

|

नेपालगन्ज /  बाँकेमा थप १६ जनालाई कोरोना संक्रमित संख्या पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले तयार गरेको विवरण अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनालाई कोरोना देखिएको हो । नेपालगन्जका बैंकहरु मध्य नेपाल बैंक लिमिटेड र साँग्रीला बिकास बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बर्दियाको बाँसगढीका ६ जनामा समेत संक्रमण देखिएको अस्पतालद्धारा जारी विवरणमाल उल्लेख गरीएको छ । पछिल्लो २४ घण्टामा ३५० जनाको स्वाव परिक्षण गरीएकोमा बाँकेका १६ र बर्दियाका ६ गरी कुल २२ जनामा संक्रमण देखिएको हो।

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।