
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ लाई सुरक्षित भएर मनाउन अपिल गर्नुभएको छ । उपप्रमुख थापाले बिहिबार तीजको शुभकामना ब्यक्त गर्दै वर्ष दिनमा एक पटक आउने तीज पर्व यस वर्ष कोभिड–१९ को महामारीका कारण हरेक वर्ष झै तिजको अवसरमा गरिने जमघट, भेला र पुजा आजा घर भित्र नै सुरक्षित भएर मनाउन सम्पूर्ण दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्नुभएको छ ।
तिज एउटा संस्कार मात्र नभई सभ्यता हो, परम्परा र पहिचानका साथै महिला दिदि बहिनीहरुका लागि वर्ष दिनको दुःख बिसाउने पर्व पनि हो , उपप्रमुख थापाले भन्नुभएको छ, यो महत्वपूर्ण अवसरलाई धुमधामसंग मनाउने हाम्रो इच्छा, चाहना हुँदा हुँदै पनि यस वर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण मनाउन नसकिने यो विषम परिस्थितीमा हामि दिदिबिहीनीको संयमता, साथ र सहयोग एकदमै जरुरी छ । तपाई हामि बाँचे आउने वर्षहरुमा यो पर्वलाई धुमधाम संग मनाउने अवसर हामिले पाउने नै छौ ।
यो वर्ष आफ्नो घर परिवारको बिचमा रहि यो पर्व रमाईलो गरि मनाउन अनुरोध गर्दै भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग र पटक पटक साबुन पानीले हात धुने लगायतका कार्यलाई आफुले पनि पालना गर्ने र अरुलाई पनि पालना गर्न सिकाउने कार्यमा सहयोग गर्नका लागि अनुरोध गर्दै हरितालिका तिजको पावन अवसरमा सम्पूर्ण आमा तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
२०७७ भाद्र ४, बिहीबार प्रकाशित