
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ ।