बाँके । बाँकेमा थप २४ जनामा कोरोना संक्रमण देखा परेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको पछिल्लो परीक्षणबाट जिल्लाका बिभिन्न स्थानका गरी २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार बिहीबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्रमा १ जना, कोहलपुर नगरपालिका भित्रमा १७ जना र जानकी गाउँपालिका भित्रमा ६ संक्रमित थपिएका छ्न ।
उता बिहिबार नै जिल्लाका बिभिन्न आइसोलेशन सेन्टरबाट २८ जना घर फर्किएका छन् । घर फर्किनेहरुमा प्रदेश सांसद, वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारी लगायत छन् । जिल्लामा अब कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमा ४ जनाको मृत्यु भइसकेको छ ।