
नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जको ल्यावमा गत २४ घन्टामा ३५० नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले दिएको जानकारी अनुसार बाँकेका १३ जना र बर्दियाका २ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये कोहलपुर – ११ का मात्र ८ जनामा संक्रमण देखिएको छ ।
योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय ६३ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ६८ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको मृत्यु भईसकेको छ ।
२०७७ भाद्र ३, बुधबार प्रकाशित