डब्लुडब्लुइ की महिला पहलवानलाई अपहरण गर्ने योजना

|
फ्लोरिडामा डब्लुडब्लुइ की महिला पहलवानलाई अपहरण गर्ने योजनासाथ घरभित्र पसेको अपहरणकारी पक्राउ परेका छन् । दक्षिण क्यारोलाइनाका व्यक्ति जसले ८ महिना देखि उनलाई अपहरण गर्ने योजना बनाएका थिए । तर उनको योजना विफल भएको छ । साउथ क्यारोलाइनाका २४ बर्षिय मानिसलाई फ्लोरिडाको ट्याम्पामा घर फोडेर भित्र समेत पसेको समयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन्।
गत आइतबार अगस्ट १६ का दिन अमेरिकी प्रसिद्ध पहलवान सोन्या डेभिललाई अपहरण गर्न गएका थिए । तर उनको घरमा जडान गरिएको सुरक्षा घन्टी बजे पछि उनि बालबाल बचेकी हुन् । उनले प्रहरीले अपहरणकारीलाई समेत प्रहरीलाई सामाजिक संजाल मार्फत धन्यवाद दिएकी छिन्।
थोमस नामका अपहरणकारी व्यक्तिले आफ्नो गाडी गिर्जाघर नजिक रोकेका थिए । र त्यहाँबाट हिडेर आएर घरको जाली काटेर भित्र पसेका थिए । बाहिरबाट उनले ३ देखि ४ घण्टा सम्म भित्र उनीहरु गफ गरेको चियाएर हेरिरहेका थिए।
हिल्सबोरो प्रहरीका अनुसार घन्टी बजे पछि सोन्याले प्रहरीलाई खबर गर्दै आफ्ना पाहुना सहित गाडीमा भागेकी थिइन्। प्रहरीहरु त्यहाँ पुगे पछि उनलाई पक्राउ गर्दा उनि संग चक्कु,प्लास्टिकका सामग्री लगायत अन्य चीजहरू फेला परेका थिए ।
र उनले घरमालिकलाई बन्धक बनाउने समेत योजना गरिरहेको प्रहरीले जनाएका छन् । उनलाई हातहतियार सहित अपहरण तथा अन्य अभियोग लगाईएको छ ।
जव उनि सोन्या सुत्नको लागि बिहान २:४३ मिनेटमा ओछ्यानमा जाँदा उनले सिसाको झ्याललाई हटाएर भित्र जाने हुँदा घन्टी बजेको थियो ।
श्रोत :एबिसी न्युज

२०७७ भाद्र ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।