बर्दियाका मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी

|

नेपालगन्ज  / नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बर्दिया मधुवन नगरपालिका वडा नं. ९ का ७८ वर्षिय पुरुषको उपचारको क्रममा आज मंगलबार बिहान ७:३० बजे मृत्यु भएको थियो ।

उनको सोमबार परिक्षणकालागि श्वाव संकलन गरिएको थियो र रिपोर्ट पनि सोमबार नै पोजिटिभ आएको थियो । उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सहायक निर्देशक डा। दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका रोगी थिए ।

कोरोनाबाट मृत्यु भएको बर्दियाको यो पहिलो केस हो । उनको आजै गाईडलाईन अनुसार नेपाली सेनाको टोलीले दाहसंस्कार गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । बर्दियामा अहिलेसम्म संक्रमितको संख्या तीन सय तीन पुगेको छ ।

२०७७ भाद्र २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।