बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण

|

मकवानपुर/ बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण देखिएको छ । आज दिउँसो हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो ।

आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ । मकवानपुरमा कोरोना फैलिँदै गएपछि तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो ।

त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडा स्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा बस्नुभएको छ ।

तामाङसँगै उहाँका छोरामा पनि कोरोना देखिएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिनुभयो ।

उहाँका स्वकीय सचिव थापाका अनुसार तामाङमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको थापाले बताउनुभयो ।

२०७७ भाद्र १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।