बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

|

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । थप उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अगस्ट ८ मा श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको हो ।

क्यान्सरको रिर्पोट आएपछि सञ्जय स्तब्ध बनेको र उनका प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । दत्तले मंगलवार स्वास्थ्यका कारण केही समय चलचित्रबाट ब्रेक लिने घोषणा गरेका थिए ।उनले लेखेका थिए, ‘म मेडिकल ट्रिटमेन्ट्सका कारण कामबाट केही समय ब्रेक लिँदैछु । मेरो परिवार र साथीको मलाई साथ छ । म सबै शुभचिन्तकसँग निवेदन गर्छु कि चिन्ता नलिनुहोला र अनावश्यक रुपमा अड्कल पनि नलगाउनुहोला । तपाईंको प्रेम र शुभकामनाले चाँडै फर्किनेछु ।’ दत्तका श्रीमती र सन्तान लकाउन र उडान प्रभावित बनेपछि पाँच महिनादेखि दुबईमा रहेका छन् । उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा निधन भएको थियो ।

२०७७ श्रावण ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।