
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । २४ घन्टामा १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ ।