बाँकेमा आईतबार थप २० जना कोरोना संक्रमित

|

बाँके / बाँकेमा आईतबार थप २० जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार शसस्त्र प्रहरी गुल्म र ग्लोवल बैंक नेपालगन्जका कर्मचारी सहित २० जनामा संक्रमण देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शसस्त्र प्रहरी गुल्म नेपालगन्जका १५ जना प्रहरी, ग्लोवल बैंक नेपालगन्जका ३ जना कर्मचारी, कोहलपुर ११ का ३० वर्षिय पुरुष र खजुराकी ६ कि ६ वर्षिय बालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

२०७७ श्रावण ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।