
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् भने १ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।