बाँकेमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

|
बाँके / भेरी अस्पताल कोरोना प्रयोगशालामा गत २४ घन्टामा ४७० स्याम्पल परीक्षण गर्दा बाँकेमा १० जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका सबै ३१ कर्मचारीहरु र गरिमा बैंक नेपालगन्जका सबै ९ जना कर्मचारीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।
पुष्टी भएका १० जना संक्रमित मध्ये ७ जना जिल्ला समन्वय समितिबाट , एकजना नेपालगन्ज मेडिकल कलेज बाट , एकजना ओए होटल न्युरोड बाट र एकजना CIA बाट नमुना संकलन गरेकाहरुबाट रहेको अस्पतालले जनाएको छ ।

२०७७ श्रावण ३१, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।