“नरोउ है सानु”मा साहित सिङ ठकुरीको जीवन्त अभिनय (भिडियो सहित)

|

बर्दिया / विदेशिने पिडालाई लिएर बर्दियाको शान्तिपुर गाउँमा सुटिङ सम्पन्न भएको छ । नेपाली भाषामा आधारित “नरोउ है सानू” नामक बोलको म्युजिक भिडियो शुक्रबार  गीत सार्वजनिक भएको छ। गायक ऋषि थापा मगरको स्वर रहेको नेपाली गित को सुटिङ भने बर्दिया र बाँकेमा छायांकन भएको छ ।

दुई चार वटा म्युजिक भिडियोको सफलतापछि सामाजिक अभियन्ता तथा मोडल साहित सिङ ठकुरीले फेरी नरोउ है सानुको गितमा पनि मुख्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन भने मोडेल अन्जु कुस्मि पनि थारु राष्ट्रिय कलाकार तथा गायिका हुन । नरोउ है सानु गीतको शव्द पनि ऋषि थापा मगरले गरेका छन ।

भिडियोलाई साहितले नै निर्देशन गरेका हुन् । साहितले भिडियोमा गज्जबको स्क्रिन प्ले गरेका छन् । बाँकेका विभिन्न स्थानहरूमा भिडियोको छायांकन गरिएको हो। भिडियोलाई रामु चौधरीले खिचेका हुन् । भने, भिडियोको सम्पादन पनि रामुले नै गरेका छन् ।

भिडियो साहित सिङ ठकुरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…

 

२०७७ श्रावण ३१, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।