सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशमा यहि साउन ३१ गते प्रदेश युवा सम्मेलन हुने भएको छ। युवा सम्मेलनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाहरुबाट १ सय ५० जना युवाहरुको सहभागिता जनाउने भएका छन ।
यहि साउन ३१ गते अर्थात भोली सुदुरपश्चिका नौवटै जिल्लाका झण्डै १ सय ५० जना युवाहरुको सहभागिता रहने नेपाल युवा परिषद सुदुपश्चिम प्रदेशका प्रदेश संयोजक बशन्ती सापकोटाले बताईन् । सो युवा सम्मेलनमा सुदूरपश्चिमका युवाहरुले मात्रै सहभागिता जनाउने भएका छन । प्रदेश युवा सम्मेलन २०२० सम्मेलन अनलाईन माध्यमबाट १ दिन सम्म संचालन हुने संयोजक बशन्ती सापकोटाले बताईन् । ।
यस्तै सुदुरपश्चिमका प्रत्येक जिल्लाबाट कम्तिमा ५ जना महिला तथा ५ जना पुरुषले सहभागीता जनाउन पाउनेछ भने ईच्छुक युवाहरुले पनि कार्यक्रममा सहभागिता जनाउन पाउने नेपाल युवा परिषद सुदुपश्चिम प्रदेशले जनाएको छ ।
सम्मेलनमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुले सहभागीता हुन पाउनेछ । सम्मेलनमा सहभागी हुन अनलाई फारम भरेको हुनुपर्ने बताएका छन । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्येश्यका साथ भेलाको आयोजना गर्न लागिएको नेपाल युवा परिषद दार्चुलाका अध्यक्ष भुपेन्द्र विष्टले जानकारी दिनु भएको छ ।