
काठमाडौँ / कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको बिहीबार पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए । सोमबारदेखि परिवार र कार्यालयको सम्पर्कमा नरहेका बानियाँको मंगलबार शव भेटिएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
पत्रकार बानियाँलाई अन्तिम श्रदाञ्जली दिन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मालगायत कान्तिपुरकर्मीहरु, शुभेच्छुक र आफन्तहरु आर्यघाट पुगेका थिए ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।