पुरैनी उप–स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री वितरण

|

बाँके /  लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरको अध्यक्षतामा पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनको आयोजना र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको सहकार्यमा आज बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा रहेको उप–स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

वितरण गरिएको सामाग्रीमा प्रती स्वास्थ्य चौकी २०० थान सर्जिकल मास्क, ५० थान के .एन ९५, ५ थान स्यानिटाइजर, १ थान पिपि सेट र ४०० थान ग्लबस रहेको थियो । कार्यक्रममा जोन संयोजक लायन सरोवर प्रसाइ, लियो सन्जु केसी, लियो सोनम रानाभाट सदस्यहरूको उपस्थितिमा वितरण गरिएको थियो ।

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा रहेको उप स्वास्थ्य चौकीमा वडा नं. २२ का वडा अध्यक्ष बिद्याराम बर्मा र पुरैनी उप–स्वास्थ्य चौकीका ईन्चार्ज सरोज मिश्र, नेपाल युवा परिषद प्रदेश नं.५ का प्रदेश संयोजक सोम गुरुङ्ग लगायत स्वास्थ्य चौकीका कर्मचारीको उपस्थितीमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।

कोभिड १९ को महामारीको समयमा उच्च जोखिमका साथ दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई लक्षित गर्दै पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनले मुलुकभर नै दुर्गम क्षेत्रहरुमा स्वास्थ्य किट वितरण गर्ने कार्यक्रम गरिएको र सोहि अन्तरगत बाँके जिल्लामा लियो क्लब अफ नेपालगन्ज इनोभेटिभसँग सहकार्य गरी कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रम अन्र्तगत राप्तीसोनारी, बैजनाथ, जानकी गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुंवरले जानकारी दिए ।

२०७७ श्रावण २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।