
सुनवल। अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसर वेदः सिर्जनशिल संस्था, सुनवल नवलपरासीले “Youth Engagement for Global Action ” भन्ने मुल नाराका साथ अगष्ट ११ र १२ साउन २७ र २८ गते सुनवल क्षेत्रका ५० भन्दा बढि युवाहरुको सहभागितामा सुनवल नगरपालिकामा पहिलो “ सुनवल युवा सम्मेलन २०२०” सम्पन्न भएको छ ।
यस “ सुनवल युवा सम्मेलन २०२०”मा सुनवल नगरपालिकाको सहकार्यमा सञ्चालन भएको थियो भने बैकर्स एसोसिएसन अफ भुमही, लामिछाने कल्याण फाउण्डेशन, हेमलक टुर एण्ड ट्राभल्सको सहयोग, सफल पोष्ट, सुनवल एफएम, रेडियो सन्देशको समन्वय रहेको थियो ।
वेदः सिर्जनशिल संस्था आयोजक रहेको उक्त सम्मेलनमा युथ एड्भोकेसी नेपाल, चाइल्ड सेफ नेट, आपतकालिन प्रतिकार्य केन्द्र, प्रदेश युवा सञ्जाल, नारीका लागि उपहार, हरीयाली संस्था, योङ्ग गोर्खाली क्लब र आर एम आर फाउण्डेशन सह आयोजकको रुपमा रहेका थिए ।
दुई दिवसिय सम्मेलनमा उद्यमशिलता बिषयमा युवा उद्यमी तथा डेमेटी नेपालकाको फाउण्डर मिलन खनाल तथा सुनवल नगरपालिका कृषी अधिकृत सन्तोष कंडेल, युवा नेतृत्व बिकासमा नेपाल जेसिस कार्यकारी उपाध्यक्ष गोकुल सापकोटा, राजनितिमा युवाको भुमिका नेपाल बिद्यार्थी सघ पूर्व सचिब अभिनास रेग्मी र अखिल नेपाल राष्ट्रिय विद्यार्थी संघ जिल्ला संयोजक शुसान्त घिमिरे निति निर्माणमा युवाको भुमिकामा समाजिक अभियान्ता अनिल धिताल, सुरक्षित इन्टरनेटमा चाईल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशी, स्थानिय स्तरमा युवा सहभागिता बिषयमा आपतकालिन प्रतिकार्य केन्दका संयोजक अरुण खड्का, हिंसा न्युनिकरणमा युवाको भुमिका बिषयमा सुनवल नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैह्रे तथा दिगो बिकास लक्ष्यमा युवाको भुमिकामा सामाजिक अभियान्ता शुसिल राजभरलाई वक्ताको रुपमा निमन्त्रणा गरीएको थियो ।
युवाका मुलभुत बिषयहरुमा छलफल सहभागी भएका सबै युवाहरुका भर्चअल भेलाले युवा सशक्तिकरणका लागि सवालहरुलाई संबोधन गर्न सुनवल युवा सम्मेलन २०२० “ सुनवल घोषणा पत्र २०२० ” जारी समेत गरेको छ ।