
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।