
नेपालगन्ज / बाँकेमा बुधबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले गरेको परिक्षणका क्रममा बाँकेका १० जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका ४ जना , खजुरा गाउँपालिकाका २ र कोहलपुर कौसिलानगरका ४ जना रहेको भेरी जिल्ला जनस्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
