पत्रकार चौधरीमाथी भएको आक्रमणको फोनिजद्धारा भत्र्सना

|

कैलाली /नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सल्लाहकार तथा कान्तिपुर दैनिक पत्रिकामा कार्यरत पत्रकार गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति फोनिज ५ नम्बर प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

यहि साउन २६ गते बेलुका कैलालीको जानकी गाउँपालिका ६ जगतपुर भन्ने ठाउँमा रिपोर्टिङको क्रममा पुगेका पत्रकार चौधरीमाथि सोही ठाउँकै दिनेश कडायत, दिनेश शाह, सिरिष शाह, सुरेन्द्र शाही र रबिन्द्र शाहको समुहले आक्रमण गरेको घटनाप्रति फोनिजले आपत्ति जनाएको हो । फोनिज ५ नं. प्रदेशका महासचिव गजेन्द्र गुरुङद्धारा जारी गरीएको विज्ञप्तीमा घटनाको भत्र्सना गर्दै दोषिमाथी कडा कारबाहीको माग गरिएको छ ।

२०७७ श्रावण २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।