भारतीय मूलकी कमला ह्यारिस जो वाइडेनको उपराष्ट्रपतिमा

|
डेमोक्रेटिक पार्टीवाट राष्ट्रपति पदका उम्मेद्वार जो वाइडेनले आफ्नो उपराष्ट्रपतिमा भारतीय मुलकी कमला ह्यारिसलाई चयन गरेका छन् । उनले यस अघिनै आफुले उपराष्ट्रपतिमा महिला उम्मेद्वार वनाउने घोषणा गरिसकेका थिए ।
अमेरिकी उपराष्ट्रपति पदमा लड्ने उनी पहिलो अश्वेत साथै पहिलो दक्षिण एशियाई महिला हुन् ।उनिले अमेरिकाको प्रहरी प्रशासनमा सुधार हुनुपर्छ भन्ने पक्षमा सदैव उभिदै आएकी छिन्।
क्यालिफोर्नियाकी सांसद ह्यारिसले प्रारम्भमा पार्टीभित्र जो वाइडेनसंग राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गरेकी थिइन् । राष्ट्रपति पदको दौडवाट वाहिरिए पछि उनलाई वाइडेनले उपराष्ट्रपतिमा चयन गर्ने चर्चा प्रारम्भदेखि नै चल्दै आएको थियो। ह्यारिसको चयनले वाइडेनले आप्रवासी र अश्वेत मानिसहरुलाई एकैसाथ आकर्षित गर्ने रणनीति लिएका छन् ।
पूर्व राष्ट्रपति बराक ओबामाले सामाजिक संजाल ट्वीटरमा कमला ह्यारिस बारेमा प्रतिक्रिया व्यक्त गर्दै ह्यारिस “कामको लागि तयार भन्दा बढी नै छिन् ” र उनले थप्दै “हाम्रो देशको लागि राम्रो दिन हो।” भनेका छन् ।
डेमोक्रेटिक पार्टीवाट अघिल्लो निर्वाचनमा राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनले पनि फेसवुक स्टाटस लेख्दै खुसी व्यक्त गरेकी छिन् ।

२०७७ श्रावण २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।