हत्या गरी शरीर टुक्रा पारी फालेको अभियोगमा अभियुक्त पक्राउ

|

काठमाण्डौ / गोङ्गबु हत्यामा पक्राउ पर्नेमा चितवन जिल्ला कालिका नगर पालीका ७ घर भइ हाल काठमाण्डौ टोखा नगरपालिका १० नवज्येती मार्ग बस्ने बर्ष ३७ कि कल्पना मुडभरी (पौडेल) रहेकी छन । केही टेलिश्रृङखलामा समेत काम गरेकी कल्पनालाइ चितवन शक्तीखेर स्थित माइतिघरबाट प्रहरीले पक्राउ गरेको हो । यहि साउन २५ गते बिहान अन्दाजी ७ बजेको समयमा काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं.। १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भई खटिएको प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखि तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको थियो ।

खटिएको प्रहरी टोलिले टाउको र खुट्टा बिनाको पुरुषको शव फेला पारे पछि तत्काल अनुशन्धान प्रक्रिया अगाडी बढाएको थियो । अनुसन्धानमा तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको थियो ।

प्रहरीले शबको टाउको खुट्टा र शरिर फेला परिसके पछि मृतकको सनाखतको लागि सामाजिक संजालमा समेत फोटो सार्बजनिक गरेको थियो । त्यस पस्चात मृतकका अफन्त मामा नाता पर्ने व्यक्ती आई साउन २६ गते सनाखत गरेका थिए । मृतक रोल्पा रून्टीगढी गाउँपालिका वडा नंं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने एकीन भएको र निज बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएका थिए ।

मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको र निज मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आउने जाने गरेको समेत बुझिएको छ । मृतक बोहोराले अभियुक्तको फोटो राखी फेक फेसबुक आई।डी। खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको समेत खुल्न अएको छ । घटनाको दिन अभियुक्तको कोठामा आएको आफु बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी लिएर गएको र अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको पनि प्रहरी अनुशन्धानका क्रममा खुलेको छ ।

अभियुक्तले घटना घटाइ सके पछि शव कालो रंगको सुटकेशमा राखी फाली कोठामा फर्की आई बसेको र साउन २५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आएको एम्बुलेन्समा चितवन तर्फ गएको प्रहरीले बताएको छ । साथै निज अभियुक्तकी छोरी समेत शब व्यवस्थापनमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect  को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट प्रहरीले घटनामा प्रयोग भएका धारिलो हतियार, ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्यावलेटको खोल, मोबाईल सेटहरु समेत बरामद गरेको छ । महानगरिय प्रहरी परिसर टेकुले आज पत्रकार सम्मेलन गरि अनुसन्धानबाट खुल्न आएका तथ्यहरू सार्बजनिक गरेको हो ।

२०७७ श्रावण २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।