काठमाडौँ / युवाहरुले भविष्य नभएर वर्तमान आफ्नो हो भनेर अगाडी बढ्नु पर्ने दिन आएको नविल बैँकका सिइओ अनिल केशरी शाहले बताउनु भएको छ । नेपाल युवा परिषदले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै यस्तो भन्नुभएको हो । ‘तपाई जस्तो युवाले भविष्य हाम्रो हो हैन वर्तमान हाम्रो हो भनेर अगाडि वढ्नुहोस्’, शाहले भन्नुभयो । साथै उहाँले युवामा देश प्रति उतरादायी भावना हुनपर्ने पनि बताउनु भएको छ ।
आइतबारबाट भर्चुअल रुपामा सुरु भएको सम्मेलनमा मंगलबार बोल्दै उहाँले खुशी कसरी हुने भन्ने विषयमा रहेर युवाहरु माझ प्रस्तुति दिनुभएको हो । उहाँले सम्पतीले मात्रै खुसी प्राप्त नहुने बताउनु भयो । मान्छे जुनसुकै तवरबाट पनि खुसी हुने र खुसी हुनै पैसा नै हुनपर्छ भन्ने नभएको बताउनुभयो ।
|
२०७७ श्रावण २७, मंगलवार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC