पहिलो पटक सुनवल युवा सम्मेलन २०२० भर्चुअल रुपमा हुदै

|

सुनवल /  सुनवल हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएकोमा यो बर्ष सुनवल नगर भित्रका युवा लक्षित गरी यहि २७ र २८ गते पहिलो “ सुनवल युवा सम्मेलन २०२० ” आयोजना हुन गई रहेको छ । वेदः सिर्जनशिल संस्थाको मुख्य आयोजना सुनवल नगरपालिकाको सहकार्य तथा युथ एडभोकसी नेपाल र नारीका लागि उपहार लगायत विभिन सामाजिक संघसंस्थाको सहकार्यमा हुन लागिरहेको छ । कोरोनको कहर रहेकोले यो युवा सम्मेलन भर्चुअल माध्यमबाट सञ्चालन हुदैछ । सो सम्मेलन २ दिन सन्चालन हुनेछ ।

Youth Engagement for Global Action नाराका साथ मनाउन विश्व युवा दिवस २०२० को अवसरमा यस संस्थाले आयोजना गरिएको युवा सम्मेलनमा सुनवल नगरपालिकाका प्रत्येक वडाका १८ वर्ष देखि ३० वर्ष सम्मका युवाहरु सहभागि जनाउने छन् । सो सम्मेलनमा बिभिन्न विज्ञ तथा दक्ष प्रशिक्षकद्धारा उद्यमशिलता, युवा बिकास, राजनितिमा युवाको भुमिका, निति निर्माणमा युवाको भुमिका, सुरक्षित इन्टरनेट , हिंसा न्युनिकरणमा युवाको भुमिका तथा दिगो बिकास लक्ष्यमा युवाको भुमिका विषयमा प्रशिक्षण गरिने कार्यक्रम संयोजक युवराज न्यौपानेले जानकारी दिए ।

साथै सो सम्मेलनमा सहभागि युवाहरुको सल्लाह सुझाबलाई समेट्दै “ सुनवल घोषणापत्र २०२०” तयार गरिने र घोषणा पत्रलाई सुनवल नगरपालिका तथा सम्बन्धित सराकोरवाला निकायमा बुझाईने समेत कार्यक्रम रहेको वेदः सिर्जनशिल संस्थाका अध्यक्ष रोशनी रानाले जानकारी दिईन् ।

२०७७ श्रावण २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।